दफा २७
विमा शुल्क जोखिम ग्रहण गर्नु भन्दा अगाडी भुक्तानी हुनु पर्ने
कुनै पनि बीमकले कुनै पनि किसिमको विमा व्यवसाय गर्दा लिइने विमा बापतको शुल्क रकम प्राप्त नभएसम्म विमा जोखिम स्वीकार गर्नु हुदैन । बीमकले जोखिम ग्रहण गरे बापत विमा शुल्क रकम प्राप्त गरेपछि मात्र विमा गरेको मानिनेछ ।   तर कुनै कारणवश एकमुष्ट रकम बुझाउन व्यवहारिक कठिनाई परी बाँकी रकम भुक्तानी गर्ने संबन्धमा अवधि किटान गरी बैंक वा नेपाल सरकारको जमानतमा विमा लेख जारी गर्न यस दफाले कुनै बन्देज लगाएको मानिने छैन ।